+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा गोरखा : स्याउखेती देखि रुइला भन्ज्याङसम्म सडक

4KNationalDaily
२०७७ जेष्ठ २२, बिहीबार ०९:०२ बजे

गोरखा- गण्डकी प्रदेश सरकारकाे निति तथा कार्यक्रममा गाेरखामा स्याउखेती देखि रुइला भन्ज्याङसम्म सडकका अायाेजनाले प्राथामिकता पाएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकमा आइतवार प्रस्तुत गरेकाे निति तथा कार्यक्रममा यि क्षेत्रलेप्राथमिकता पाएका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेकाे निति तथा कार्यक्रममा गाेरखाका विभिन्न क्षेत्रलाइ समेटिएकाे छ । बिशेष गरी, सबै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल पु¥याउने नीति अनुसार प्रदेश सरकारले चुमनुब्री गाउँपालिको केन्द्रसम्म सडक पु¥याउन विस्तृत आयोजना प्रतिवेदन तयार पारी वातावरणीय प्रभाव मुल्यांकनको काम भैरहेको जानकारी दिएको छ ।

आरुघाट सिर्दिबास रुइला भन्ज्याङ सडक आयोजनालाई प्राथमिकताका गर्नका लागि प्रदेश सरकारकाे निति रहेकाे छ । निति तथा कार्यक्रम अनुसार सो सडक निर्माण कार्यलाई नेपाल सरकारसँगको सहकार्यमा निरन्तरता दिईनेछ ।

गोरखा दरबारलाई विश्व सम्पदा सुचिमा सुचिकृत गरिने

गोरखा दरबारलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न नेपाल सरकारसँग समन्वय गर्ने पनि उल्लेख गरिएको छ ।

ऐतिहासीक तथा पुरातात्विक महत्वको गोरखा दरबारको संरक्षण तथा ब्यबस्थापन गर्न र विश्व सम्पदा सुचिमा सुचिकृत गर्न नेपाल सरकारसँग समन्वय गर्ने गण्डकी सरकारको नीति तथा कार्यक्रममा लेखिएको छ ।

धार्चे र चुमनुब्रीमा स्याउ खेती र प्रविधियुक्त नर्सरी 

यस्तै, स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ र मुस्ताङ सहित गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा उच्च घनत्वमा आधारीत स्याउ खेती र प्रविधियुक्त नर्सरी स्थापना गरी स्याउ सुपर जोन विकास कार्यक्रमलाई आगामी बर्षपनि निरन्तरता दिइने भएको छ ।

प्रदेश सरकारले नेपाल सरकारसँगको सहकार्यमा गोरखामा राष्ट्रिय प्रसारण लाइन नपुगेको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तार गर्ने नीति पनि लिएको छ ।

राष्ट्रिय प्रसारण लाईन नपुगेका उत्तरी गाेरखामा सौर्य उर्जा

सबै क्षेत्रमा राष्ट्रिय प्रसारण लाईन विस्तार गर्ने र तत्काल सम्भावना नभएका ठाउँमा सरकारी अनुदानमा सौर्य उर्जाको ब्यबस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily