+
Search

ताजा अपडेट +

पपुलर +

पछिल्लो २४ घण्टामा २१३ जनमा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ सय ४८ पुग्यो

4KNationalDaily
२०७७ जेष्ठ २५, आईतवार १७:०९ बजे

काठमाडौं- नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily