+
Search

ताजा अपडेट +

पपुलर +

विदेशमा अप्ठ्यारोमा परेका श्रमिक फर्काउन थालिएको छ : मन्त्री यादव

4KNationalDaily
२०७७ जेष्ठ २६, सोमबार १६:०४ बजे

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुरु गरिएको बताएका छन्।

विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सोमबार प्रतिनिधिसभाको बैठकमार्फत् मन्त्री यादवले समस्यामा परेकालाई प्राथमिकताका आधारमा फर्काउन सुरु गरिएको बताएका हुन्।

विदेशमा समस्यामा परेर फर्काइएका श्रमिकहरुको पुर्नएकीकरणका लागि उनीहरुलाई आन्तरिक रोजगारी तथा स्वरोजगारीका कार्यक्रममा परिचालन गरिने मन्त्री यादवले बताए।

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख युवाहरुलाई १ सय दिनको रोजगारी ग्यारेन्टी गरिने उनको भनाइ छ।

जुन कार्यक्रममा विपन्न बेरोजगार व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका वा श्रम स्वीकृति लिएर पनि कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई प्राथमिकता दिइने मन्त्री यादवले बताए।

त्यसतै आगामी आर्थिक वर्षमा रोजगार सेवा केन्द्रलाई श्रमिक सूचना बैंक स्थापना गर्ने र युवाहरुलाई सीपअनुसारको रोजगारी उपलब्ध गराउने मन्त्री यादवले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily