काठमाडौं- कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले सबै सांसदहरूले एकमत भएर ऐतिहासिक रुपमा संविधानले नेपालको भूभाग चिन्ने अवस्थामा पुगेको बताएकी छन्।
सरकार र प्रतिपक्ष सबै दलहरुको एक साथले नेपालको भूभाग हाम्रो हो भन्ने दाबीलाई थप बल दिएको कानुनमन्त्री तुम्बाहाङ्फेले बताइन्।
सरकारले ल्याएको संविधान संशोधनमा दलहरुका बीचमा देखिएको एकमतले अझ बढी ऐतिहासिक भएको उनले टिप्पणी गरिन्।
नक्सामा समेटिएको भू-भागमा आफ्नो निसाना छापभित्र अटाउन मात्र संशोधन गरिएको नभए सबै दल नेपालको भूभाग नछोड्ने अडानमा एकमत भएको पुष्टि भएको उनले बताइन्।
‘आज नेपालीहरूका लागि महत्वपूर्ण दिन भएको थियो। हाम्रो संविधानले हाम्रो भूभाग चिन्ने भएको छ,’ उनले भनिन्, ‘लिपुलेक,कालापानी र लिम्पियाधुरा अब संविधानले चिनेको छ।’
कानुनमन्त्री तुम्बाहाङ्फेले सबै दल एक ठाउँमा उभिएको क्षणमा सबै नेपलाी खुशी भएका बताइन्। ‘त्यो भूभाग हाम्रो हो। त्यो भूभाग भोगचलन गरेर छाड्छौँ,’ उनले प्रतिनिधिसभामा भनिन्।
प्रतिक्रिया