+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १४ पुग्याे

4KNationalDaily
२०७७ जेष्ठ २८, बुधबार २०:१४ बजे

गोरखा– जिल्लामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यही जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।

अन्य संक्रमितमध्ये दुई जना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए ।

उनीहरुमध्ये एक जना मनकामना आधारभूत विद्यालय र एक जना निर्माणाधीन एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बस्दै आएका थिए ।

योसंगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily