+
Search

ताजा अपडेट +

पपुलर +

गगनलाई प्रधानमन्त्रीको जवाफ : अहिले कोरोनाको चिन्ता गरौँ, पैसाको होइन

4KNationalDaily
२०७७ जेष्ठ २८, बुधबार २०:४१ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्।

बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताए।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापा लगायतका सांसदहरुले कोरोना रोकथामका नाममा भएको १० अर्ब खर्चको एक एक गरेर हिसाब बुझाउनु पर्ने भन्दै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कोरोनाका नाममा भएको खर्चमा अनियमितता पाइए कडा कारबाही गर्ने बताए।

‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ’, उनले भने, ‘कठघरामा उभ्याइन्छ। दोषी पाइएमा दण्डित गरिन्छ।’

समस्या चौतर्फी रुपमा आक्रमण गरेर एकैपटक आइपुगेपछि सरकारले केही गर्दा पनि केही नसकेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले अहिले हिसाबको भन्दा पनि कोरोनाको चिन्ता गर्ने बेला भएको बताए। उनले सरकारको हिसाबकिताबको अन्तरिक लेखापरीक्षण हुने भन्दै माहामारीका बेला अनियमितता गर्नेलाई नछाड्ने बताए।

‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्‍मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ। अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ।’

महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको भने त्यसलाई नछाड्ने र कठघरमा उभ्याएरै छाड्ने उनले प्रतिवद्धता गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily