+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने- कांग्रेसले अफ्ठेरो पार्‍यो

4KNationalDaily
२०७७ जेष्ठ २९, बिहीबार ०७:४६ बजे

काठमाडौं– कोरोना महामारीका वेला सहयोग गर्नु पर्नेमा उल्टै अप्ठ्यारो पार्न खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ६ बजे सुरु भएर राती १० बजेसम्म चलेको बैठकका क्रममा प्रधानमन्त्री यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले संसद्‍मा कांग्रेसले आलोचना गरेको विषयमा धेरै व्याख्या गर्नुभयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘सरकारलाई लक्षित कांग्रेसले आक्रमण गर्न खोज्यो। कोरोना माहामारीका बेला उल्टै सरकारलाई अप्ठ्यारो पार्न खोज्यो भन्ने उहाँको भनाइ थियो।’

कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोगभन्दा बदनाम गराउन खोजेको ओलीको आरोप थियो।

‘हाम्रो देशको अवस्था कस्तो छ? कति गर्न सक्ने क्षमता छ? त्यो सबै पटक सरकारको नेतृत्व गरेको कांग्रेसलाई राम्रोसँग थाहा छ,’ बैठक सहभागी ती मन्त्रीले भने, ‘कांग्रेसले उल्टै त्यो पनि भएन, यो पनि भएन भनेर सरकार असफल बनाउन खोज्यो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily