काठमाडौं- सरकारले लडकाउन खुकुलो पार्दै डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ।
डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।
पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ।
उनका अनुसार मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। भने साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि जोर/बिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने जानकारी दिइएको छ।
नर्सरी र व्यवसाय उद्यम तथा विकास आयोजनाका सबै काम समेत खुला गर्ने जानकारी दिइएको छ।
काठमाडौ उपत्यकाभित्र, अन्य जिल्लाभित्रमा जोरबिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने सरकारले स्पष्ट पारेको छ।
तर यसरी संचालन गर्दा चालकबाहेक थप दुई जना मात्र बस्न पाइने छ।
क्वारेन्टाइनमा सञ्चालित होटल बाहेक अन्य नखुल्ने तर प्याकिङ गरी अन्यत्रै पठाउने सेवालाई भने संचालन गर्न दिने सरकारले निर्णय गरेको छ।
सबै सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्ने समेत सरकारले निर्णय गरेको छ।
पहिलो सिफ्ट ८ देखि १ बजेसम्म हुने र दोस्रो सिफ्टमा १ देखि ६ बजेससम्म संचालन गर्ने समेत सरकारले निर्णय गरेको छ।
यो क्रम तीन साता चल्ने तर परिस्थिति हेरेर हेरफेर हुन सक्ने प्रवक्ता खतिवडाले जानकारी दिए।
प्रतिक्रिया