+
Search

ताजा अपडेट +

पपुलर +

डा बाबुराम भट्टराईले भने- प्रधानमन्त्री केपी ओली ‘सर्वज्ञानी’

4KNationalDaily
२०७७ जेष्ठ २९, बिहीबार १८:३६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सर्वज्ञानी भएको आरोप लगाएका छन्।

बुधबार प्रधानमन्त्री ओलीले नेपालीको रोगसंग लड्ने प्रतिरोध क्षमता बलियो हुन्छ भन्ने अभिव्यक्ति दिएपछि भट्टराईले सर्वज्ञानी प्रधानमन्त्रीको प्रतिरोध क्षमताको संज्ञा दिएका हुन्।

‘देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले विश्वमा देखिरहेका छौं,’ डा भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिको मलेरिया प्रतिरोधी क्विनाइन सिफारिस, भारतमा गोमुत्रपान, ब्राजिलका रापको लिटिल फ्लु हाम्रा सर्वज्ञानी प्रमको प्रतिरोध क्षमता।’

प्रधानमन्त्री केपी ओलीले सांसद् गगन थापाले उठाएको सवालमा आफैले भनेको भन्दै नेपालीहरूमा प्रतिरोध शक्ति बढी हुने भन्दै लामो दाबी प्रस्तुत गरेपछि उनको आलोचना भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily