+
Search

ताजा अपडेट +

पपुलर +

सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्छ : सांसद लिङदेन

4KNationalDaily
२०७७ जेष्ठ ३१, शनिबार १५:५५ बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सुगौली सन्धि नमान्ने हो भने भने भारतले टिस्टा र काँगडासम्मको भूभाग नेपाललाई छाड्नुपर्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा सांसद लिङदेनले भारतले सुगौली सन्धि नमान्ने गल्ती नगर्ने बताए।

‘भारतले सुगौली सन्धि नमानने हो?, नमान्ने हो भने टिस्टा र काँगडासम्मको भूभाग हामीलाई छाड्नुपर्छ’, उनले भने, ‘भारतले त्यो गल्ती गर्दैन भन्ने लाग्छ।’

उनले इतिहासमा नेपालका तर्फबाट आफ्नै नक्सामा आफ्नै नक्सामा नराखेर गल्ती गरेको र त्यहो अहिले सच्याउने क्रममा रहेको बताए।

उनले नेपाल भारतको भाई नभइ मित्र भएका र मित्रवत रुपमा भारतलाई सम्झाए उनले बुझ्ने र नेपालको भूमि उसैले फिर्ता गर्न आउने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily