+
Search

ताजा अपडेट +

पपुलर +

चिकित्सा शिक्षा विधेयक ‘जबर्जस्ती’ पास गरेको विरोधमा नेविसंघ गाेरखाद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

4KNationalDaily
२०७५ माघ १२, शनिबार १६:०५ बजे

गाेरखा-चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा शनिबार दिउँसो पुत्ला दहन गरेको हो।

आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएकाे भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ गोरखाका सचिव मिलन सिह बस्नेतले जानकारी दिए ।

सरकारले जबरर्जस्ती विधेयक पारित गरेको भन्दै संघले तत्काल विधेयक संशाेधन गर्न समेत माग गरेको छ। बहुमतको आडमा सत्तारूढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदाहुँदै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले देशभर विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily