+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ शक्ति पार्टीकाे ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ को कार्ययोजना पारित

4KNationalDaily
२०७५ माघ १२, शनिबार १६:३७ बजे

काठमाडौँ- नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको १५औं बैठकले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ को कार्ययोजना पारित गरेको छ ।

सांगठनिक कार्ययोजनाको पूरक कार्यक्रमको रुपमा पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झूलाघाटसम्मको १७७६ किमिको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)मा ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ गर्ने निर्णय भएको हो ।

भौगलिक विकटता र मानव विकास सूचकांकमा पनि पछाडि परेको क्षेत्रलाई अभियानको आधारक्षेत्रको रुपमा स्थापित गर्नु नै कार्यक्रमको महत्व रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रीय संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका हेडक्वार्टर सदस्यहरुको अगुवाईमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरुसहित माघ १५ गते पाँचथरको चिवाभञ्जाङबाट बैतडीको झुलाघाटमा कार्यक्रम समापन गरीने भएको छ ।

एक महिनासम्म सञ्चालन हुने उक्त कार्यक्रमका विषयवस्तु, उद्देश्य र स्वरुप

  • यात्राका मूल विषय ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ रहेको छ ।
  • यात्रा सञ्चालनको क्षेत्र मध्यपहाडी लोकमार्ग अन्तर्गतका मुख्य शहर र बस्तीहरुमा सञ्चालन हुनेछ

कार्यक्रमका मूल उद्देश्य निम्नप्रकारका छन्–

  • पार्टीले अंगालेको वैकल्पिक विचार, असल राजनीतिलाई जनसमक्ष प्रसार गर्नु र जनताको सुझाव ग्रहण गर्नु ।
  • नयाँ शक्ति पार्टी, नेपालद्वारा प्रस्तुत समावेशी समृद्धिको खाका र अवधारणा प्रष्टसँग आमजनतामा पु¥याउनु ।
  • संघीयता कार्यान्वयनका शिलशिलामा देखापरेका अकर्मण्यता र शिथिलताको अन्त्य गरी संघीयताको पक्षमा दृढतापूर्वक उभिन र त्यसका बारेमा विभिन्न स्थानका जनप्रतिनिधिहरु, स्थानीय तह र आम जनतालाई प्रशिक्षित गर्नु ।
  • देशको युवा पंक्तिसँग सिधा सम्बन्ध स्थापित गरी युवा शक्तिको विदेश पलायन रोक्न गम्भीर विमर्श गर्नु ।
  • यस कार्यक्रमको समग्र संयोजन पार्टीको राजनीतिक संवाद समितिद्वारा गरिनेछ ।
  • जनसंवाद तथा जागरण यात्राका दौरान निम्न कार्यहरु सम्पन्न गरिनेछ–
  • कोणसभा र जनसभा
  • जनप्रतिनिधिहरु, स्थापित सामाजिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न पक्षसँग स्थानीय समस्या र संघीयता कार्यान्वयनसम्बन्धी अन्तरक्रिया एवम् प्रशिक्षण ।
  • विभिन्न उद्यमी, व्यवसायी र उपभोक्ता समूहहरुसँगको अन्तरक्रिया ।
  • कृषि, पूर्वाधारसम्बन्धी अन्तरक्रिया र श्रव्यदृश्य प्रस्तुतीकरण ।
  • स्थान विशेषअनुसार ससाना भेटघाट ।
  • समावेशिता, सुशासन, सदाचार र समृद्धिबारेमा जनसंवाद ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily