+
Search

ताजा अपडेट +

पपुलर +

भारतको त कुरै छाडौँ, यूएईबाट समेत डब्लूएचओको मान्यताविपरीत परीक्षण नगरी नेपालीलाई फिर्ता पठाइयो : प्रधानमन्त्री

4KNationalDaily
२०७७ असार ४, बिहीबार १८:०९ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईले नेपालीहरुलाई फिर्ता पठाउँदा कोरोना परीक्षण नगरिकन पठाएर झुक्याएको बताए।

केही दिनअघि युएईबाट उद्धार गरिएकाहरुमा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले बाहिरबाट मान्छे ल्याउँदा सम्बिन्धत देशले परीक्षण गरेर पठाउनुपर्ने व्यवस्था रहेको बताए।

प्रधानन्त्री ओलीले सरकारले बाहिरबाट मान्छे ल्याउन थालेको र यो क्रम केही पछिसम्म रहने बताए।

‘विदेशबाट ल्याउँदा कोभिड संक्रमित छ छैन टेस्ट गरेर ल्याउनु पर्नेमा कुनै कुनै देशले टेस्ट नगरी पठाइदिएको स्थित हुँदो रहेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अस्ति हामी यूएईको सम्बन्धमा अलिकति अल्मल्याइऊ, वा अल्मलियौँ, टेस्ट नै नगरी मानिसहरु आए।’ उनले डब्ल्यूएचओको मान्यतामा त्ययरी पठाउन नपाइने उनले बताए।

उनले भारतबाट आउनेको परीक्षणको कल्पना नै नगरिएको बताए।

‘भारतबाट त कुरौँ छाडिदिऊ, त्यहाँबाट टेस्ट गरेर पठाउने कुराको अपेक्षा नै गर्न सकिँदैन’, उनले भने, ‘त्यो त एउटा हुल आएको हो, जब एक महिनामा २ लाख ४१ हजार ८ सय ६२ जना आउछन्, त्यहाँ टेस्ट हुने कुरै भएन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily