काठमाडौं- राष्ट्रियसभा सदस्य तथा सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठले कालापानी क्षेत्रको विवाद हल गर्नका लागि तत्काल वार्तामा आउन आग्रह गरेका छन्।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले कुटनीतिक तबरबाटै सीमा समस्या हल गर्न भारत तयार हुनुपर्ने बताए।
उनले नेपाल र भारतबीच मित्रवत सम्बन्ध रहेको बताउँदै सम्बन्ध नकारात्मक दिशामा जानुअघि नै वार्तामा बस्न भारतलाई आग्रह गरेका हुन्।
‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ उनले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’
उनले भारतले अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी नक्सामा समेटेर प्रकाशित गरिएको र त्यसलाई भौतिक रुपमा समेत प्राप्त गर्ने दाबी गरे।
उनले भने, ‘नेपालको कब्जा गरिएको, अतिक्रमित गरिएको भूमि हरहारतमा व्यवहारिक रुपमा समेत प्राप्त गर्ने विन्दूसम्म पुग्न पनि सबै दलबीचमा राष्ट्रिय सहमति बन्नेछ।’
उनले भारतले भूमि मिच्दा किन चुप बसेको भनेर पनि प्रश्न गरे।
‘भारतले हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभाग अनधिकृत रुपमा कब्जा ग¥यो, तत्कालै हामीले प्रतिवाद किन गरेनौं? यसमा प्रश्न उठ्नु र पीडोबोध हुनु स्वभाविक हो ।’
भिडियाे
https://www.facebook.com/egorkhasandesh/videos/3023676037740333/
प्रतिक्रिया