+
Search

ताजा अपडेट +

पपुलर +

लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित

4KNationalDaily
२०७७ असार ४, बिहीबार १८:३६ बजे

काठमाडौं- नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रियसभाले समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

केहीबेरअघि सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ ।

बैठकमा उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपछि सर्वसम्मत रुपमा पारित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मतदान नगरेका कारण ५७ जना सांसदहरुले मतदान गरेका हुन् ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संसोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो ।

राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily