+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना : ८४ लाख ५३ हजार संक्रमित, ४ लाख ५२ हजारको मृत्यु

4KNationalDaily
२०७७ असार ५, शुक्रबार ०७:१९ बजे

काठमाडौं- विश्वभर ८४ लाख ५३ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख ६६ हजार ९ सय ४६, बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ५२ हजार ५ सय २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा ४७ हजार ७ सय ४८, बेलायतमा ४२ हजार ३ सय ७३, इटालीमा ३४ हजार ५ सय १४, फ्रान्समा २९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ।

विश्वभर ४१ लाख ३४ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ९९ हजार १ सय १५, ब्राजिलमा ४ लाख ३० हजार १ सय ३७, रुसमा ३ लाख १३ हजार ४ सय ९, भारतमा १ लाख ९४ हजार ३ सय २५ जनामा संक्रमणमुक्त भएका छन्।

नेपालमा ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान मात्रै गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालका ७४ जिल्लामा संक्रमण देखिइसकेको छ।

नेपालमा १ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily