+
Search

ताजा अपडेट +

पपुलर +

रियाशालाई ‘ए है माया’ भनेर बोलाउँदै पल र सागर लम्साल [भिडियाे]

4KNationalDaily
२०७७ असार ५, शुक्रबार ०७:४६ बजे

काठमाडाैं- मोडलत्रय पल शाह, सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो निर्माण गरिएको हो।

‘ए है माया’ बोलको गीतमा पल, बले, रियाशासँगै सुधिर श्रेष्ठलाई देख्न सकिन्छ । दीपक शर्माको संगीत रहेको यो गीतमा सरोज ओली र मेलिना राइको स्वर र सरोजकै शब्द छ ।

विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा क्वारेन्टिनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने सन्देश प्रदान गरेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily