+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना : ८७ लाख ५३ हजार संक्रमित, ४ लाख ६३ हजारको मृत्यु

4KNationalDaily
२०७७ असार ७, आईतवार ०७:०० बजे

काठमाडौं- विश्वभर ८७ लाख ५३ हजार ८ सय ५३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख ५१ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३, रुसमा ५ लाख ७६ हजार १ सय ६२, भारतमा ३ लाख ९५ हजार ४८, बेलायतमा ३ लाख ४ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ६३ हजार २ सय ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १९ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा ४९ हजार ९ सय ७६, बेलायतमा ४२ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ।

विश्वभर ४३ लाख ३३ हजार ६ सय ८८ जना संक्रमणमुक्त भएका छन्।

अमेरिकामा सर्वाधिक ६ लाख १७ हजार ४ सय ६० जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै ब्राजिलमा ५ लाख ७३ हजार ५ सय ९०, ३ लाख ३४ हजार २४, भारतमा २ लाख १३ हजार ८ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ८ हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा मात्रै आइतबार बिहान १६ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ५ सय ७८ संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily