+
Search

ताजा अपडेट +

पपुलर +

स्याङजा र नवलपरासी पूर्वमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या पुग्यो ५४०

4KNationalDaily
२०७७ असार ८, सोमबार ०८:५५ बजे

काठमाडौं– नेपालमा थप २० जनाका कोरोना संक्रमण देखिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण देखिएको जनाएको हो।

निर्देशनालयका अनुसार स्याङजामा १२ जना तथा नवलपरासी पूर्वमा ८ जनामा संक्रमण देखिएको हो।

सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्।

उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ। संक्रमितमा २ जना महिला र १८ जना पुरुष छन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको छ।

नेपालभर भने संक्रमितको संख्या ९ हजार ४६ पुगेको छ।

नेपालमा हालसम्म २३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily