+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य अहिलेसम्मकै उच्च : प्रतितोला ९० हजार नाघ्यो

4KNationalDaily
२०७७ असार ८, सोमबार ०८:५९ बजे

काठमाडौं- नेपाली बजारमा सुनको मुल्य अहिले सम्मकै सबै भन्दा उच्छ प्रतितोला ९० हजार ३ सय भन्दा बढी नाघेको छ ।

हिजो शनिबारको तुलनामा आज आइतबार प्रती तोलामा ७०० रुपैयाँले बढेर छापावल सुनको मुल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला मुल्य ९० हजार तीन सय रुपैयाँ पुगेको छ ।

यो मूल्य नेपाली बजारको हाल सम्मकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गएको शुक्रबार सम्म छापावाला सुनको मुल्य प्रती तोला ८९ हजार ९ सय र तेजाबी सुनको मुल्य प्रती तोला ८९ हजार ६ सय रुपैयाँ सम्ममा कारोबार भएको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily