गोरखा– गोरखा जिल्लामा आज (मंगलबार) एकैदिन थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा, गण्डकी, अजिरकोट र शहिद लखन गाउँपालिमा थप १८ जनामा संक्रमण भेटिएको पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । जस मध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् ।
‘स्वाब पठाईएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १३ जना र पोखराको ल्याबबाट ५ जनालाई कोरोना संक्रमण देखिएको’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने ।
विवरण अनुसार बारपाक सुलिकोटमा १ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा ८ जना महिला र ४ जना पुरुष, गडण्की गाउँपालिकामा १ पुरुष, अजिरकोट गाउँपालिकामा १ पुरुष र शहिद लखन गाउँपालिकामा ३ पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ ।
संक्रमित सबैको पहिचान भई रहेको र उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ । याे संगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ६९ ,पुगेकाे छ ।
प्रतिक्रिया