+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटको बजेट ४६ करोड ६९ लाख : स्वास्थ्य र कृषि प्राथमिकतामा

4KNationalDaily
२०७७ असार ११, बिहीबार १८:५८ बजे

गोरखा- अजिरकोट गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ का लागि गाउँपालिकाले ४६ करोड ६९ लाख १३ हजार ९ सय रुपैयाँ बजेट सार्वजनिक गरेको हो ।

बुधबार भएको सातौं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमाया गुरुङले बजेट सार्वजनिक गरेकि हुन् ।

चालु खर्च २६ करोड ४८ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले विकास खर्च अर्थात् पुजिगत तर्फ २० करोड २० लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रस्तुत गरिएको बजेट अनुसार अजिरकोट कालिका मन्दिर र झ्याल्लभुमी मन्दिरमा पर्यटन पुर्वाधार निर्माणका लागि एक/एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले हरेक वडा कार्यालयसम्म १२ महिना नै सवारी साधन चल्ने गरी सडक स्तरोन्नती गर्ने पनि जनाएको छ ।

बर्षा मापन केन्द्र स्थापना गर्ने, एक घर एक बोट हरीयाली हजिरकोट अन्तरग बालुवा बजार र भच्चेक बजारमा ग्रीन बेल्ट निर्माण गर्ने, अजिरकोटलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन कार्यक्रम सुरु गर्ने लगायतका विभिन्न कार्यक्रम आगामी बर्षबाट नै सुरु गर्ने गाउँपालिकाकाले जनाएकाे  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily