+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष भन्छन्- सलहले बालीनाली मात्र नभई हरिया बोटबिरुवा पनि सखाप पार्याे

4KNationalDaily
२०७७ असार १३, शनिबार १५:२७ बजे

काठमाडौं- फट्यांग्रा जातको किरा सलह नेपाल प्रवेश गरेको छ।

भारतसँग सीमाना जोडिएका मध्यतराईका बारा, पर्सा र सर्लाहीलगायत जिल्लामा सलह किराको प्रकोप देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

बारा जिल्लामा निजगढ नगरपालिकाको केही वडामा सलह किराको फौजको फैलावट देखिएको निजगढ नगरपालिका-१३ का वडाध्यक्ष सूर्य घलानले बताए।

घलानका अनुसार सलहका दर्जनौं झुण्डले बालीनालीमा आक्रमण गरेका छन्। सलहले बालीनाली मात्र नभई सबै खालका हरिया बोटबिरुवाका पात र डाँठ खाएर नष्ट पार्न थालेको उनले बताए।

नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् ।

शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ ।

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ ।

कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा ठूलो झुन्ड सलह रहेको उनले जानकारी दिए ।

‘बदम, धानका बोटहरु खाँदै छ, मैले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराईसकेको छु ।

अहिले स्थानीयसहित हामी प्राविधिकहरु खटेका छौं । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँदैछौं ।’

बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily