+
Search

ताजा अपडेट +

पपुलर +

मलाई हटाउन दिल्ली र काठमाडौंमा षडयन्त्र : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ असार १४, आईतवार १८:१५ बजे

काठमाडौं- केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि नयाँ दिल्ली र काठमाडौंमा षड्यन्त्र भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको मदन भण्डारी जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘नयाँ दिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप, त्यतिमात्र होइन होटलहरुमा भइरहेका जमघटले मलाई प्रधानमन्त्रीबाट हटाउन के-के भइरहेको छ सजिलै बुझ्न सकिन्छ ।

चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो । अहिले हाम्रो बहुमत छ । ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीबाट हटाउन प्रयास गर्नेलाई गर्न दिऔँ । कसैले हतार नगरे हुन्छ । अहिले म हट्ने हो भने नेपालका पक्षमा कोही पनि बोल्ने मान्छे हुन्न । आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन देशका लागि आवश्यक भएकाले बसेको हुँ ।’

नोपलको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरु नेपालमा भएको बताउँदै उनले नागरिकता ऐनको पक्षमा आफ्नो धारणा प्रष्ट पारेका छन् । उनले जमिन फिर्ता लिएरै छाडिने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily