+
Search

ताजा अपडेट +

पपुलर +

फेरि रोकियो बार्सिलोना, मेस्सीको सात सय गोल पूरा

4KNationalDaily
२०७७ असार १७, बुधबार ०८:४३ बजे

काठमाडौं– लियोनल मेस्सीले आफ्नो फुटबल करियरमा सात सय गोल पूरा गरेका छन्।

मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडविरुद्ध पेनाल्टीबाट गोल गरेसँगै उनले सात सय गोल पूरा गरेका हुन्।

सात गोल पूरा गरेपनि उनले आफ्नो टिमलाई जिताउन भने सकेनन्। आफ्नै घरेलु मैदानमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

खेलमा तीन गोल पेनाल्टीबाट भयो भने एक गोल आत्मघातीबाट हुन पुग्यो।

एथ्लेटिको मड्रिडका डिएगो कोष्टाले ११औं मिनेटमा नै आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो।

खेलको १९औं मिनेटमा साउल निगुएजले पेनाल्टीबाट गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ५०औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। तर यो अग्रता पनि धेरै लामो समयसम्म टिक्न सकेन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily