+
Search

ताजा अपडेट +

पपुलर +

भुवन केसीमाथि साम्राज्ञीले लगाइन् यौन दुर्व्यवहारको आरोप

4KNationalDaily
२०७७ असार १७, बुधबार ०८:४९ बजे

काठमाडौँ- नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।

केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् ।

सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो ।

साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टुटीसकेको छ ।

सामाजिक सञ्जालमा भुवनविरुद्ध साम्राज्ञीले आवाज उठाएसँगै उनीहरुबीच सम्बन्ध बिग्रनुको कारण समेत खुलेको छ । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण रहेको जनाएकी छन् ।

जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily