गाेरखा- गोरखा आबुँखैरेनी सडक खण्डको १५ किलाेमा टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदा ४ सैनिक घाईते भएका छन् ।
गाेरखा नगरपालिक- १५ काे पिपलमाेडमा आबुँखैरेनी जादै गरेकाे टिपरले ठक्कर दिदां नेपाली सेनाका जवान घाइते भएका हुन् ।
आबुँखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको ग १ झ ५८०० नंम्बरको रणसिंह दल गणको गाडीलाई जिल्लाबाट आबुँखैरेनी तर्फ जाँदै गरेको लु १ क ३८४६ नम्बरको टिपरले ठक्कर दिँदा गाडीमा सवार ४ जना घाईते भएका हुन् ।
नेपाली सेनाका चालक इन्द्रबहादुर तामाङ, प्रेम परियार, रन्जित राना र सीताराम सिलवाल घाइते भएका छन् । उनीहरूलाइ थप उपचारका लागि जिल्ला अस्पाताल गाेरखा लिगिएकाे छ ।
प्रतिक्रिया