+
Search

ताजा अपडेट +

पपुलर +

नेपालीको प्रतिव्यक्ति आयमा उल्लेख्य सुधारः निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

4KNationalDaily
२०७७ असार १९, शुक्रबार ११:५२ बजे

काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार आएको छ ।

यसैबीच नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालको प्रतिव्यक्ति आयमा सुधार आएको हो।

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले वृद्धि भएको छ।

सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९ सय ६० अमेरिकी डलर थियो।

सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily