काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ ।
दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि (शनिबार) फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।
दुई अध्यक्षबीच शुक्रबार तीन घण्टा भएको छलफलमा नेकपा महासचिव विष्णु पौडेल र नेकपा नेता जनार्दन शर्मा सहभागी थिए ।
बैठकले उपर्युक्त निष्कर्ष निकाल्न नसकेकाले शनिबारको स्याथी कमिटी बैठक अगाडि पुनः एकपटक छलफल गर्ने सहमति भएको छ ।
‘आजको बैठकले ठोस किष्कर्ष निकाल्न सकेन । भोली बिहान पुनः एक पटक बैठक बसौं भन्नु भएको छ’, नेकपाका एक नेताले भने ।
साे भेटमा प्रधानमन्त्री ओलीले पुरानै अडान दोहोर्याउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने बताएका छन्।
‘प्रधानमन्त्रीले आजको बैठकमा पनि दुई वटै पद छोड्दिनँ भन्नु भएछ, कुरा मिलेन’, नेकपा स्थायी समितिका एक सदस्यले भने , ‘प्रधानमन्त्री र अध्यक्षबाहेक अरु कुरा छ भने गरौं, म तपाईंहरूलाई पर्खेर बसेको छु भन्नु भएछ।’
‘प्रधानमन्त्रीले आजको बैठकमा पनि दुई वटै पद छोड्दिनँ भन्नु भएछ, कुरा मिलेन’, उनले भने, ‘प्रधानमन्त्री र अध्यक्षबाहेक अरु कुरा छ भने गरौं, म तपाईंहरूलाई पर्खेर बसेको छु भन्नु भएछ।’
प्रतिक्रिया