+
Search

ताजा अपडेट +

पपुलर +

कतारबाट फर्केका पालुङटारका कोरोना संक्रमितको गोरखा अस्पतालमा मृत्यु

4KNationalDaily
२०७७ असार २०, शनिबार ०७:५० बजे

गोरखा-  गोरखा अस्पतालको आइसोलेनमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनी दीर्घराेगीका विरामी  थिए ।

कतारबाट फर्केका पालुङटारका नगरपािलका वडा न ७ का ४४ वर्षका पुरुषको आइसोलेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ भएको पुष्टि भए लगत्तै उनलाई उपचारका लागि गएराति सवा १० वजे गोरखा अस्पताल ल्याइएको थियो ।

ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।

गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

उनकाे स्वाबमा काेराेना पाेजेटिभ देखिएपछि उपचारका लागि अस्पताल लगिएकाे थियाे । अस्पतालका अनुसार उनकाे शनिबार विहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily