काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि बस्दैछ।
पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी शुक्रबारको स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो। बैठक बिहान ११ बजे बस्दैछ।
बैठकअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि छलफल हुने जनाइएको छ।
सहमति खोज्ने क्रममा शुक्रबार दुई अध्यक्षबीच ३ घण्टा वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।
प्रधानमन्त्री ओलीले दुवै पद छोड्नुपर्ने अडानमा ओलीइतर समूह छ। ओलीले भने दुवै पद आफूसँगै राखेर अन्य विषयमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शुक्रबारै कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालको सक्रियतामा उनकै निवासमा बसेको दोस्रो तहका नेताहरुको बैठकले पार्टी एकतालाई जोगाउन दुवै अध्यक्षलाई भेटेर आग्रह गर्ने निर्णय गरेको थियो।
यस्तै, पार्टी एकता जोगाउन भन्दै शुक्रबार केही केन्द्रीय सदस्यसहितका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका थिए।
प्रतिक्रिया