+
Search

ताजा अपडेट +

पपुलर +

चर्को विवादबीच फेरि स्थगित भयाे नेकपा स्थायी कमिटी बैठक

4KNationalDaily
२०७७ असार २०, शनिबार ११:२१ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शनिबारका लागि बोलाइएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २२ असारसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।

यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

पार्टीमा विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागिएपछि विवाद चर्किएको छ।

बैठक स्थगित गर्ने भएपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग आन्तरिक परामर्श सुरु गरेका छन्।

ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहितसँग परामर्श गर्न सुरु गरेको बालुवाटार स्रोतले जनाएको छ।

ओलीले आन्तरिक परामर्शपछि मात्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने तयारी छ।

तर दुवै अध्यक्षको भेटघाट गर्ने समय भने अझै तय भईनसकेको खुमलटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily