+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

4KNationalDaily
२०७७ असार २०, शनिबार १५:३६ बजे

गोरखा- कोरोना संक्रमणबाट मृत्यु भएका गोरखाका पुरुषको शव व्यवस्थापनमा स्थानीयले बिरोध जनाएका छन् ।

शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखन गाउँपालिका १ बक्राङको सीमामा व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीय गाउँलेहरुले सयौंको संख्यामा भेला भएर शव गाड्न नदिने भन्दै भेला बिरोध जनाएका छन् ।

गोरखा नगरपालिका भित्रको घटना भएकोले नगरभित्रै व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

लुदी खोला र दरौंदी नदिको संगम स्थल अवुवा दोभान शहिद लखन वडा नं. १ र गोरखा नगरपालिका वडा नं. १२ का मानिसहरुले घाटको रुपमा प्रयोग गर्दै आएका थिए ।

‘स्थानियको सम्मानको लागि केही बेर हामीले शब ब्यवस्थापन कार्यलाई रोकेर छलफल गरेका हौ । कुनै उपाय लागेन भने बल प्रयोग गरेर भए पनि शब ब्यवस्थान गरिने’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती मावि च्याङ्लीको स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए।

शुक्रवार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गोरखा अस्पताल ल्याइएको थियो।

शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेको एसपी गुरुङले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily