गोरखा– कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए ।
बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।
नेपाली सेनाको शव व्यवस्थापन टोलीले शनिबार दिउँसो लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्थानियले ढुङ्गा प्रहार गर्दा ४ प्रहरी घाईते भएका छन् । शब ब्यवस्थापन स्थल लुदी दोभान क्षेत्र स्थानिय र प्रहरी बिच भएको भिडन्तका कारण केही बेर रणमैदान जस्तै बनेको थियो ।
अहिले स्थानियलाई प्रहरीले नियन्त्रणमा राखेको र शब ब्यवस्थानको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुले बताए ।
घाईते सबै प्रहरीलाई सदरमुकाम तर्फ ल्याईदै छ । लुदी दोभान क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र शसत्र प्रहरी परिचालन गरिएको छ ।
पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान उपचारको क्रममा गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । उनको शव अहिले पनि अस्पतालमा नै छ ।
प्रतिक्रिया