काठमाडौं– गण्डकी प्रदेशका २ जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेशका तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।
संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ।
नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।
प्रतिक्रिया