+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको सचिवालय भन्याे : सहमतीको ५ बुँदे मस्यौदा निराधार हो, भ्रममा नपरौं

4KNationalDaily
२०७७ असार २२, सोमबार ०७:५८ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचबुँदे ड्राफ्टमा कुनै सत्यता नभएको जनाएका छन।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड विच सहमतिका लागि पाँचबुँदे ड्राफ्ट तयार भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रचण्ड सचिवालयले कुनै सत्यता नरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेको हो।

पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिएको दाबी प्रचण्ड सचिवालयले गरेको छ।

‘भर्खरै सामाजिक संजालमा सहमतिका लागि तयार गरिएको पाँचबुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौँ,’ प्रचण्डको सचिवालयले भनेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको ड्राफ्टमा माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र’बनाउने समेत उल्लेख गरिएको थियो। यस्तै मन्त्रिमण्डल पुर्नगठन, असमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने र विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँट हुने भनिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily