+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु

4KNationalDaily
२०७७ असार २७, शनिबार ०९:१२ बजे

गाेरखा- भारतीय गोर्खा रेजिमेण्टमा कार्यरत अारूघाट गाउपालिका २ का हवल्दार सम्बुर गुरुङको मृत्यु भएको छ ।

भारत पाकिस्तान विवादीत जम्बू काश्मीरमा शुक्रवार विहानै पाकिस्तानी सेनाको गोली लागेर उनकाे मृत्यु भएकाे हाे ।

भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत गुरुङ काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा पाकिस्तानी सेनाको निशानामा परेको समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।

गोली लागी गम्भीर घाईते भएका गुरुङको मृत्यु भएको भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले पुष्टि गरेका छन् ।

नेपाली सीमामा आँखा गाड्दै आएको भारतीय सीमा रक्षाका लागि भने गोर्खा रेजिमेण्टमा कार्यरत नेपालीहरुले पटक पटक बलीदानी दिंदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily