काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको आरोप लगाएका छन्।
गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको अर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताएका हुन्।
उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए। उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाए।
वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको उल्लेख गरेका हुन्।
उनले कम्युनिस्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए।
पौडेलले कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे।
उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरेका थिए।
उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे।
प्रतिक्रिया