काठमाडौं – जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ ।
कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेलेपछि पाहुना टोलीले जित हात पारेको हो ।
साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४-८ बाट अन्तिम दिनको खेल सुरुवात गरेको थियो । त्यसपछि इंग्ल्याण्डले २९ रन थप्दै बाँकी २ विकेट गुमायो र दोस्रो इनिङ्समा ३१३ रन बनायो ।
अन्तिम विकेटका रुपमा आउट भएका जोफ्रा आर्चरले २३ रन जो८ । वेष्ट इन्डिजका शानन गाब्रीएललले दोस्रो इनिङ्समा ५ विकेट लिए । पहिलो इनिङ्समा २०४ रनमै अलआउट भएको इंग्ल्याण्डले वेष्ट इन्डिजलाई जितका लागि २०० रनको लक्ष्य दियो ।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ तथा कप्तान स्टोक्सले २ विकेट लिए । अब दोस्रो र तेस्रो टेष्ट म्यानचेष्टरमा हुनेछ ।
प्रतिक्रिया