+
Search

ताजा अपडेट +

पपुलर +

‘धिकार छ ! दुई तिहाइ सरकार’ भन्दै उपमेयरले गरिन् राजीनामाकाे घोषणा

4KNationalDaily
२०७७ श्रावण ८, बिहीबार ०९:५२ बजे

दयपुर- बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जानकारी दिने घोषणा गरेकी हुन् । उनले उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहेको भन्दै जनतासँग माफी मागेकी छन् ।

उनले लेखेकी छन्, ‘कालो कर्तुतहरूको विषयमा कार्यन्वयन हुँदैन । धिकार छ ! दुई तिहाइ सरकार ।’

उनले सरकारप्रति तीब्र असन्तुष्टि जनाएर राजीनामा दिने घोषणा गरे पनि असन्तुष्टिको विषय के थियो भन्ने कुरा स्पष्ट खुलाएकी छैनन् ।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

बेलका नगरपालिकाको फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी गराइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily