+
Search

ताजा अपडेट +

पपुलर +

बामदेव गाैतमको प्रस्ताव- ‘ओलीलाई दुवै पदबाट नहटाऔं’

4KNationalDaily
२०७७ श्रावण १३, मंगलवार १२:५२ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपा’का उपाध्यक्ष बामदेव गौतमले पार्टी नेताहरुसामू प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily