+
Search

ताजा अपडेट +

पपुलर +

हामी बालुवाटारको बैठक कक्षमै छौं, एकतर्फी बैठक स्थगित हुँदैनः प्रवक्ता श्रेष्ठ

4KNationalDaily
२०७७ श्रावण १३, मंगलवार १३:०० बजे

काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेपछि टकराव झन् बढेको छ।

ओलीले एकतर्फी रुपमा बैठक स्थगित गर्न नमिल्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, लिलामणि पोखरेल बालुवाटार बैठक स्थलमा छन् भने अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, मातृका यादव बालुवाटार पुग्ने क्रममा छन्।

‘हामी तीन जना बालुवाटारको बैठक कक्षमै छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एकजना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,’ उनले भने, ‘अध्यक्ष प्रचण्डले बैठक रोकिँदैन भन्नुभएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily