+
Search

ताजा अपडेट +

पपुलर +

ओली-प्रचण्ड छलफल : थपियो नयाँ विवाद

4KNationalDaily
२०७७ श्रावण १९, सोमबार ०८:०७ बजे

काठमाडौं- केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि जारी संवादहीनता टुटे पनि उत्कर्षमा पुगेको पार्टी विवाद समाधानको विधि र प्रक्रियामा नयाँ असमझदारी थपिएको छ।

ओली र प्रचण्डबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब तीन घन्टा छलफल भए पनि विवाद समाधानका लागि सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट सहमति खोज्ने भन्नेमा नयाँ विवाद थपिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

१० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ।

१३ साउनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए। यहीँबाट सुरु भएको दुई अध्यक्षको संवादहीनता आइतबार साक्षीसहित तोडिएको छ । तर, सोमबार पुनः बसेर छलफल गर्नेबाहेक छलफलमा कुनै प्रगति भएको छैन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily