गाेरखा- जनता समाजवादी पार्टी पालुङटार नगर कमिटी गोरखाले पार्टीका तर्फबाट निर्वाचित वडा नं ४ का अध्यक्षलाई निलम्बन गरेको छ। सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले निलम्बन गरिएको जानकारी गराएको हो।
पालुङटार-४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई अनुसन्धानको क्रममा हिरासतमा रहेको भन्दै उनलाई निलम्बन गरिएको हो।
अनुसन्धान प्रक्रियालाई सहज बनाउन वडाध्यक्ष रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको पालुङटार नगर कमिटी गोरखाका कार्यवाहक अध्यक्ष देविमाया गिरीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।
तत्कालीन नया शक्ति पार्टीका तर्फबाट रानाभाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी १४ बर्षिय बालिका ‘बलात्कार आराेप’मा पक्राउ परेका छन् ।
अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको थियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।
प्रतिक्रिया