+
Search

ताजा अपडेट +

पपुलर +

जोरबिजोर प्रणालीः आज जोर नम्बरका सवारी चलाउन पाईने

4KNationalDaily
२०७७ श्रावण २२, बिहीबार ०९:१९ बजे

काठमाडौं- लकडाउन हटाएसँगै दिनप्रतिदिन कोरोना संक्रमण दर बढेपछि नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ।

सरकारको निर्णयअनुसार आजदेखि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी मात्र चल्न दिने नियम लागू गरिएको हो। यसबमोजिम आज साउन २२ गते जोर नम्बरका गाडी मात्र चल्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

भाेलि २३ गते बिजाेर नम्बरका गाडी मात्र चलाउन पाइनेछ। अब हरेक दिन यसैगरी पालाेपालाे गरेर जाेर-बिजाेर नम्बरवाला सवारीसाधन सञ्चालन गर्न दिइनेछ।

सरकारले यो नियम २ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित भएका काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा लागू गराएको हो। यसकाे अर्थ जुन क्षेत्रमा संक्रमितकाे संख्या २ सयभन्दा कम छ त्यहाँ जाेर बिजाेर नियम लागू गरिने छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily