+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद्‌का निर्णय : सञ्चारमन्त्री खतिवडा भन्छन् – तत्कालै देशभर लकडाउन हुँदैन

4KNationalDaily
२०७७ श्रावण २२, बिहीबार २०:०० बजे

काठमाडौं– सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् । उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने बताए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए ।

उनले भने, ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’

मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने बताए ।

काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए।

‘काठमाडौंभित्रको संक्रमणको जोखिम भएकाले केही कदम चाल्न थालिएको हो,’ मन्त्री खतिवडाले भने, ‘यसले जनजीवनमा केही असर पर्छ । तर अतिआवश्यक वा जरुरीका काम छैन भने सार्वजनिक सेवा लिने कुरामा हतार नगरौं । स्वास्थ्य जोखिममा पर्यो भने ठूलो असर हुन्छ ।’ उनले स्थिति सहज हुनेबित्तिकै सिंहदरबार प्रवेश खुला हुने पनि बताए ।

यसैबीच मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily