+
Search

ताजा अपडेट +

पपुलर +

जोखिम बढेसँगै उपत्यका १५ दिनका लागि ‘सटडाउन’

4KNationalDaily
२०७७ श्रावण २३, शुक्रबार १६:०१ बजे

काठमाडौं- उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्।

तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ।

जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको छ।

कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको हाे ।

सरकारले उपत्यकामा सवारी साधानमा जोर/बिजोर प्रणाली लागू गरेको छ। यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ।

अत्यावश्यक कामका लागि भने जुनसुकै बेला आवातजावत गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily