+
Search

ताजा अपडेट +

पपुलर +

चेल्सीलाई पराजित गर्दै बायर्न क्वाटरफाइनलमा

4KNationalDaily
२०७७ श्रावण २५, आईतवार ०७:५४ बजे

काठमडाैं- प्रीमियर लिग क्लब चेल्सीलाई पराजित गर्दै जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई ४-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको घरेलु मैदानमा भएको शीर्ष १६ को पहिलो लेगमा बायर्न ३-० गोलले विजयी भएको थियो । त्यस्तै दोस्रो लेगमा ४-१ को फराकिलो जित निकाल्दा समग्रमा ७-१ गोलको जितसहित बायर्न शीर्ष आठमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबेर्ट लेवान्डोवस्कीले दुई तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचके एक एक गोल गरे । चेल्सीका लागि टमी अब्राहमले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । २४ औं मिनेटमा पेरिसिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा चेल्सीका अब्राहमले गोल गर्दै खेलमा फर्किन प्रयास गरे ।

पहिलो हाफमा २-१ को अग्रता बनाएको बायर्नके दोस्रो हाफमा थप दुई गोअल गर्यो । ७६ औं मिनेटमा टोलीसोले गोल गर्दै चेल्सीलाई ३-१ गोलले पछि पारे । ८३ औं मिनेटमा लेवन्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-१ को फराकिलो जित दिलाएका हुन् ।

अब बायर्नले क्वाटर फाइनलमा स्पेनिस ला लिगा क्लब बार्सिलोनासँग खेल्ने छ । बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटर फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily