+
Search

ताजा अपडेट +

पपुलर +

अनुमति बिना काठमाडौं उपत्यका छिर्न खोज्नेलाई नाकाबाटै फर्काइयो

4KNationalDaily
२०७७ श्रावण २६, सोमबार ०७:२६ बजे

काठमाडौं- मास्क नलगाई हिँड्ने करिब चार लाखलाई कारबाही गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

आइतबार साँझसम्मा तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाईबुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी प्रहरीले गराएको हो।

यस्तैगरी, अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सयभन्दा बढी यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको समेत प्रहरीले जनाएको छ।

सरकारद्वारा तोकिएका निर्देशन विपरीत सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको समेत प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले सरकारले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लागू गरेको जोरबिजोर प्रणाली विपरीत सवारी चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरेको छ।

कोभिडको बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाईपूर्वक कारबाही गर्न थालिएको भन्दै सबै विधि अपनाउन र सबै मापदण्ड पूरा गर्न समेत प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily