गाेरखा- नेपाली कांग्रेस गाेरखाले शक्ति प्रदर्शन गरेकाे छ । तिनधारेस्थित पार्टी कार्यालयबाट जुलुस तथा काेणसभा गर्दै नेपाली कांग्रेस गाेरखाले सरकारको विरोधमा शक्ति प्रदर्शन गरेकाे हाे । पार्टी कार्यालयबाट नाराबाजी सहित निस्कीएको जुलुस जिविस चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सरकारले गरेका जनहित विपरितका निर्णय सच्याउन माग गरे ।
‘दुई तिहाइको दम्भले सरकार अधिनायकवादतर्फ उन्मुख छ’ उनले भने ‘ कम्युनिष्ट सरकारले जनतालाई राहत भन्दा महंगी र भ्रष्टाचार दिएको छ ।’
https://www.facebook.com/100002615037693/videos/1939656322798183/
चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्न उनले माग गरे । वाइडबडी जहाजको भ्रष्टाचार प्रकरण, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत विषयमा सरकारले जनतालाई स्पस्ट पार्नुपर्ने बताएकाे नेबि संघका जिल्ला सचिव मिलन सिंह बस्नेतले जानकारी दिए ।
काेणसभालाई नेपाली कांग्रेसका नेताहरू सम्बाेधन गरेका थिए । काेण सभामा गण्डकी प्रदेशका सांसद मनकुमारी गुरूङ, प्रकाशचन्द्र दवाडी लगायतका पार्टीका नेताहरू सुकदेव दवाडी लगायतले सम्बाेधन गरेका थिए ।
काग्रेसकाे काेभसभाका कारण गाेरखा भित्रेनी तथा बाहिरी सवारी साधन अबरूद्व भएकाे थियाे । जिल्लाकाे मुख्य बजार क्षेत्र हरमटारी चाेक करिव आधा घण्टा सवारी अबरूद्व भएकाे थियाे ।
भिडियाे
https://www.facebook.com/100002615037693/videos/1939692452794570/
प्रतिक्रिया